शीर्ष नेतृत्वबीचको विवादले जसपा केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शीर्ष नेतृत्वबीचको विवाद कम नभएपछि सहमति गराउने उद्देश्यले बैठक स्थगित गरिएको जसपा स्रोतले जानकारी दिएको छ । लामो समयपछि गएको सोमबार जसपाको बैठक बसेको थियो ।

जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच विवाद छ । पार्टीमा यादवले एकलौटी गरेको भन्दै भट्टराईले असन्तुष्टि जनाउँदै आएका छन् ।

जसपामा समावेशी र समानुपातिक नेतृत्व प्रणालीको विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच एजेण्डामा छलफल गरेर मात्रै अब अर्को बैठक राखिने एक नेताले जानकारी दिए ।

 
 
  
 

You may also like