बुटवलमा यातायातको अत्याधुनिक ट्रायल सेन्टर निर्माण,एकैदिनमा १ हजार जनाले ट्रायल दिन सक्ने

by समतल अनलाइन

बुटवल। लुम्बिनी प्रदेशमा पहिलो पटक सवारी लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवल १३ मा २ विघा जग्गा ब्यवस्थापन गरी ट्रायल सेन्टरमा सञ्चालमा आएको हो । एकै पटकमा १ हजार भन्दा बढीले ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको छ । एकै दिन करिब ८ सय मोटरसाईकल तथा चार पांग्रे २०० सवारी साधनको लाईसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको यातायात तथा सवारी चालक अनुमति पत्र रुपन्देहीका कार्यालय प्रमुख तेजनारायण यादबले जानकारी दिए ।

प्रदेश सरकारले ट्रायल सेन्टर यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयलाई हस्तानान्तरण गरेको बताउँदै उनले कार्यालय पनि ट्रायल सेन्टरको कम्पाउण्डैमै रहेकाले नेपाल कै नमुना भएको बताए ।उन

ट्रायल सेन्टर र लाईसेन्सको कार्यालय एकै ठाउँमा भएकाले जनताले सहज रुपमा ट्रायल दिन सक्ने उनले बताए । प्रयोगात्मक परीक्षा ‘ट्रायल’लाई थप व्यवस्थित बनाउँदै बिचौलियाको अन्त्यका लागि कार्यालयले सेवाग्राहीहरुलाई आफैले सवारीका साधन उपलब्ध गराउने भएको छ ।

विगतमा बुटवल–११ देविनगरमा अवस्थित अर्कैको जमिनमा ट्रायल परीक्षा लिँदै आएको कार्यालयले आफ्नै संरचनामा सेवा दिन थालेपछि सेवाग्राहीहरु ठगिनबाट बच्ने अपेक्षा गरिएको छ ।

करिब २ विगाहा क्षेत्रफलमा संरचना निर्माण गरी एकै ठाउँबाट एकै साथ साना, मझौला तथा ठूला वसारी साधनका लागि प्रयोगात्मक परीक्षा सञ्चान गर्न मिल्ने बताइएको छ । लाइसेन्स शाखा बुटवल कार्यालयका प्रमुख यादवका अनुसार अब दैनिक ८ सय परीक्षार्थीले दुई पाङ्ग्रे सवारीका साधनका लागि परीक्षा दिन पाउने छन् भने साढे ३ सय बढी परीक्षार्थीले मझौला तथा ठूला सवारीका साधनका लागि प्रयोगात्मक परीक्षामा सहभागि हुन पाउने भएका छन् ।
कार्यालयको प्रत्यक्ष निगरानी तथा बिचौलियाहरुको प्रवेश निषेधले यसलाई थप व्यवस्थित बनाउने यादवको दाबी छ ।लाइसेन्स शाखाको कार्यालयसँगै जोडिएको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा सम्बन्धित परीक्षार्थी बाहेक अन्यले प्रवेश पाउने छैनन्।

यसैगरी परीक्षार्थीहरुले कार्यालयले नै व्यवस्था गरेको सवारीका साधानबाट परीक्षा दिनु पर्ने व्यवस्था गरिएको छ ।कार्यालयले गरेको नयाँ व्यवस्थासँगै विभिन्न ड्राइभिङ इन्ष्टिच्युटहरुले उपलब्ध गराउने वर्षौ पुराना र बिग्रेका सवारीका कारण परीक्षार्थीहरु अनुतिर्ण हुने समस्याको पनि समाधान हुने प्रमुख यादवले बताएछ ।

नयाँ व्यवस्थासँगै प्रयोगात्मक परीक्षा उत्तिर्ण गर्नेहरुको संख्या १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने उनको अनुमान छ ।कार्यालयले टेन्डर प्रक्रिया मार्फत कम्पनीको छनोट गरी ट्रायल सेन्टर भित्रै प्रयोगात्मक परीक्षा सञ्चालन गर्नका लागि दुई पाङ्ग्रे सवारी लाइसेन्स अन्तरगत ६(६ वटा मोटर साइकल र स्कुटरको व्यवस्था गरेको छ भने चार पाङ्ग्रे मझौला सवारी लाइसेन्स परीक्षाका लागि ६ वटा ट्याक्सिको व्यवस्था गरेको छ ।

श्यामसुन्दर बीएन जेभिसँग ५ वर्षका लागि सम्झौता गरिएको बताउँदै उनले ठूला तथा साना सवारीका नयाँ साधन समेत उक्त कम्पनीले उपलब्ध गराउने भएको छ ।
२४ महिनामा निर्माण सम्पन्न गर्नेगरी भएको सम्झौता अनुसार कम्पनीले ट्रायल सेन्टसहित लाइसेन्स शाखाको कार्यालय भवन तथा बिलबुक शाखाको कार्यालय भवन निर्माण र बाउन्ड्रिको काम अन्तिम चरणमा पुगेको छ ।

करिब २ विगाह क्षेत्रफलमा निर्माण भएको बिलबुक शाखा र २ बिगाह क्षेत्रफलमा निर्माण भएको लाइसेन्स शाखा एकै ठाउँमा हुँदा सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

करिब दुइमहिनाको अवधिमा नयाँ भवनमा कार्यालय संचालन गर्ने गरि काम भैरहेको यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयका लक्ष्मण पाण्डेयले जानकारी दिए ।

 
 
  
 

You may also like