सैनामैना नगरपालिका कोभिड-१९ विरुद्धको पुर्ण खोप नगर घोषणा

by समतल अनलाइन

बुटवल ।सैनामैना नगरपालिकाले कोभिड-१९ विरुद्धको पुर्ण खोप सुनिश्चित घोषण गरेको छ ।
सोमबार एक समारोहका बिच घोषण गरिएको हो । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले घोषणा गरेका हुन ।
सैनामैनामा ६७ हजार ५९७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्किले बताए ।

पूर्णखोप सुनिश्चिततासँगै दिगोपनाका लागि प्रतिवद्धतामा हस्ताक्षर गर्ने कार्यक्रम सामेत भएको छ । कार्यक्रममा उपस्थित सांसद कमला विश्वकर्मा, भुमिश्वर ढकाल लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा सुलभ सर्वेक्षण गरि नगरका ९५ प्रतशत बढीले खोप लगाएको सुनिश्चित भएपछि नगरलाई पूर्ण खोप घोषणा गरिएको हो । सैनामैनाका ३ वटा वडाका १८० घरधुरीमा सुलभ सर्वेक्षण गर्दा पूर्ण खोप भएको पाइएको थियो ।

कोभिड -१९ विरुद्धको अभियान अन्तरगत गत वर्षको फाल्गुन २३ गतेदेखि सैनामैना खोप लगाउन सुरु गरिएको थियो । नगरका सबै टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेवी तथा स्वास्थ्यकर्मीहरुको सक्रियताले नगरलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगर प्रमुख केसीले बताए ।

 
 
  
 

You may also like