सहयोग नपाउदां बृद्धा आश्रम संकटमा , डाईनामिक टुरिजमले गरायो भोजन

by समतल अनलाइन

बुटवल।बुटवलमा संचालनमा रहेको श्री सिद्धवावा दूर्गा भवानी शिव कुमारी सैजू वृद्धाआश्रम पाका पुस्ताहरुलाई संरक्षण दिन भनी खोलिएको सामाजिक संस्थामा सरकारी र स्थानिय तहको सहयोग नहुदा संचालकहरुमा चिन्ता थपिएको छ ।
हुने खानेहरु मध्येका केही दाताहरुको भरमा वृद्धा आश्रम टिकेको छ । यी बृद्धहरु जसलाई राज्य र स्थानिय तहवाट लालनपालन हुनु पर्ने हो त्यो त भएन नै स्थापना भएको १८ वर्ष वितिसक्दा पनि स्थानिय सरकार तथा बुटवल नगरपालिकाले कुनै आर्थिक सहयोग नगरेको आश्रमका व्यवस्थापक कृष्ण प्रसाद रेस्मी बताउनु हुन्छ । व्यवस्थापक रेस्मीले आश्रमा १६ जनाको क्षमता रहेकोमा अहिले ५ जना मात्र पाकापुस्ता रहेकोले आश्रममा राख्नका लागि कोही कसैको सम्र्पकमा रहेका असहाय, वेसाहारा बृद्धाबृद्धहरुलाई संस्थामा पठाउन समेत व्यवस्थापक कृष्णले आह्वान गर्नु भयो ।
आश्रमको अवस्था देखेर लायन्स क्वल अफ बुटवल डाईनामिक टुरिजमले शनिवार बृद्धा आश्रममा रहेका पाकापुस्ता र कार्यरत कर्मचारीलाई सामाजिक उत्तरदायीत्व अनुसार भोजन गराएको कार्यक्रम संयोजक वाबुराम गौतमले बताउनु भयो ।
कार्यक्रममा क्लवका गाईडलाईनर राम प्रसाद गौतमले समाजमा पछाडी परेका असहायहरुको उत्थानका लागि क्लवले काम गर्न जरुरी रहेको औल्याउनु भयो ।
त्यस्तै क्लवका संस्थापक अध्यक्ष समुन्द्र जिसीले सामाजिक अभियान्ताहरुको संगम स्थल क्लव भएकाले यसलाई सोही अनुसारको काममा लगाउन जरुरी रहेको भन्दै क्लवमार्फत पर्यटन व्यवसायीलाई अन्र्तराष्ट्रिय रुपमा परिचित गराउन टुरिजम जोडिएको दावि गर्नु भयोे ।
पाकापुस्ताहरुलाई भोजन गराउने समारोहमा क्वलबका अध्यक्ष महेन्द्र श्रेष्ठले सेवाभावले क्लवमा आवद्धता भएको भन्दै पर्यटन व्यवसायीहरुलाई सामाजिक उत्तरदाईत्व बहन गर्न क्लवले प्रेणा मिलेको धारणा राख्नु भयो । क्लवले यी र यस्तै सामाजिक काम गर्नका लागि पनि विश्वभर माहामारीका साथ फैलिएको कोभिडले समस्या पारेको भन्दै सचिव टीका ज्ञवालीले समाजमा हुने खानेहरुले यी यस्ता असहार्यहरुको पक्षमा थोरै थोरै भएपनि योगदान गर्न जरुरी रहेको जानकारी गराउनु भयो । क्लवका प्रथम उपाध्यक्ष टंक पोखरेलले सामाजिक क्षेत्रमा काम गर्न ईच्छुक हुनेहरुलाई पनि कहा र कसरी सहयोग गर्ने भन्ने जानकारी नहुदा समस्या हुने गरेको धारणा राख्नु भयो ।

 
 
  
 

You may also like