स्व: सुर्य प्रसाद प्रधानको सम्झनामा स्मृति पुस्तकालय स्थापना गर्ने निर्णय गर्दै क्षेत्रीय बैठक सम्पन्न

by समतल अनलाइन

बुटवल।नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ को बैठक सभापति हरि लम्सालको सभापतित्वमा सम्पन्न भएको छ ।

बैठकले नेपाली काँग्रेसका नेता स्व: सुर्य प्रसाद प्रधानको स्मृतिमा सुर्य प्रसाद प्रधान स्मृति पुस्तकालय स्थापना गर्ने निर्णय गरेको छ । पुस्तकालय निर्माण तथा संचालनकालागि क्षेत्रीय सचिव प्रजापाल गिरीको संयोजकत्वमा ७ सदस्यीय समिती निर्माण गरेको छ ।

जसको सदस्यहरुमा दीपक रायमाझी, विवेश पुरी, टेक बहादुर रेश्मी, अनिता के.सी., उमा देवी थापा क्षेत्री, अदिल अहमद रहेका छन् । बैठकले यस क्षेत्र भित्र रहेका नेपाली काँग्रेसका कृयाशिल सद्स्य, साधारण सदस्य,भातृ एवं शुभेच्छुक संघसंस्थाका सदस्यहरुको व्यक्तिगत तथा पारिवारिक बिवरण संकलन गर्ने समेत निर्णय गरेको छ । नेपाल सरकारले २०७९ बैशाख ३० गते सम्पन्न गर्ने गरि गरेको स्थानीय तह निर्वाचनको घोषणाको स्वागत गर्दै आफू मातहतका निकायलाई निर्वाचनको तयारीका लागि निर्देशन समेत गरेको छ ।

बैठकमा काजिमान श्रेष्ठ, उपसभापतिद्वय पर्शुराम ढकाल, खडक बहादुर महत,सचिव बिमलराज भट्टराई, राज बहादुर क्षेत्री लगायतले आआफ्नो धारणा राख्नुभएको क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like