शशांकले भने, ‘भोलिको संसद बैठकमा एमसीसी पेश हुन्छ’

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भोलि (बुधबार) बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बन्धी प्रस्ताव पेश हुने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले बुधबार बस्ने संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेको जानकारी दिएका छन् । ‘एमसीसीबारे हामीले छलफल गरेका छौं । एमसीसीको सफल कार्यान्वयनबारे डा. रामशरण महतले सबैलाई जानकारी गराउनु भएको छ,’ कोइरालाले भने, ‘सम्भवतः भोलीको संसद बैठकमा एमसीसी पेश गर्ने गरी तयारी हुँदैछ ।

उनले एमसीसी लागु भएका विश्वका अन्य मुलुकमा अमेरिकी सेना प्रवेश नगरेको जिकिर गर्दै कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रष्ट रहेको पनि बताएका छन् ।

 
 
  
 

You may also like