ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : सन्दीप बने ५० विकेट लिने पहिलो नेपाली खेलाडी

by समतल अनलाइन

काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिएका छन् । सन्दीपले सोमबार ओमान जारी चारदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा आयरल्याण्डविरुद्ध ५०औं विकेट लिएका हुन् ।

सन्दीपले १८ औं ओभरको पहिलो बलमा जर्ज डेकक्रेललाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । योसँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा भएको हो । टी-२० आईको इतिहासमा सन्दीप तेस्रो सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी समेत बने । सन्दीपले २९ खेलमा उक्त विकेट लिएका हुन् ।

सन्दीपले २९ खेलबाट ५० विकेट लिएका हुन् । सन्दीपले वेस्ट इण्डिजविरुद्ध आईसीसी विश्व-११ को टिमबाट खेल्दै ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

 
 
  
 

You may also like