गुडिरहेको बसमा अचानक आगलागी, भागेर बचे यात्रु

by समतल अनलाइन

कपिलवस्तु । कपिलवस्तुमा गुडिरहेको यात्रु बसमा अचानक आगलागी भएको छ । बुद्धभूमि नगरपालिका-४ बुड्डीमा भे १ ख २९५६ नम्बरको बसमा आइतबार राति आगलागी भएको हो । आगलागीबाट बस पूणर्रुपमा जलेर नष्ट भएको छ ।

बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । बसमा आगो लागेपछि यात्रुहरुले निस्किएर ज्यान जोगाएका छन् । यात्रुका केही सामान भने जलेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले जानकारी दिए । प्रहरीले शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकलको सहायतामा आगो निभाएका छन् ।

 

 
 
  
 

You may also like