एमसिसि परियोजना बिरुद्ध नेकपा एकिकृत समाजवादीको बुटवलमा प्रदर्शन

by समतल अनलाइन

बुटवल। अमेरिकी सहयोग परियोजना एमसिसि बिरुद्ध नेकपा एकिकृत समाजवादी पार्टीले बुटवलमा प्रदर्शन गरेको छ । नेकपा एकिकृत समाजवादी र उसका भातृ संस्थाहरुले आईतबार बुटवलको ट्राफिकचोकमा एमसिसि परियोजना बिरुद्ध प्रदर्शन गरेको हो ।

बुटवलको ट्राफिकचोकमा आयोजित बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङ्ले एमसिसि नेपालको हितमा नरहेको भन्दै संसदमा प्रवेश गराउनै नहुने बताउनु भयो ।

संसदबाट एमसिसि पारित भए नेपालमा बिदेशी हस्तक्षप भित्रिने दावी गर्दै संसदबाट एमसिसि अनुमोदन गराएर नेपाललाई आफ्नो हस्तक्षपमा राख्नको लागि अमेरिकाले नेताहरुलाई फोन मार्फत धम्की दिएको बताउनु भयो ।

प्रदर्शनमा पार्टीका नेता कार्यकर्ताले नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, नो एमसिसि, गणतन्त्रमा देश बेचेर काट्टो खाने छुट कसैलाई छैन जस्ता नारा लेखिएका प्ले–कार्ड बोकेका थिए ।

 
 
  
 

You may also like