मोटरसाइकल दुर्घटनामा इञ्जिनियरको मृत्यु

by समतल अनलाइन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका-२ सुरुडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक इञ्जिनियरको मृत्यु भएको छ । पूर्वी रुकुमको भूमे गापा-४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन छिनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रम्भा-१ हुँगीबाट तनहुँतर्फ आउने क्रममा लु ६७ प ४७८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको हो ।

त्यसैगरी रैनादेवी छहरा गाउँपालिका-२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा-२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

 
 
  
 

You may also like