दाङको तुलसीपुरमा एक जुत्ता-चप्पलको गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु

by समतल अनलाइन

दाङ । दाङ तुलसीपुर स्थित एक जुत्ता चप्पल पसलको गोदामा लागेको आगोमा परी ५ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मृत्यु हुनेको परिचय भने खुलेको छैन । मृत्यु हुनेमा ४ पुरूष र १ बालिका छिन् । आज राती २ बजेतिर आगलागी भएको गोदाममा केही समय अघिमात्रा आगलागी नियन्त्राणमा आएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।

 
 
  
 

You may also like