दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौं रुपैंयाँले बढ्यो

by समतल अनलाइन

काठमाडौं । भोलि (शुक्रबार) देखि लागू हुने गरी दूधको मूल्यवृद्धि भएको छ । माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निणर्यअनुसार दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले वृद्धि गरेको हो ।

यसअघि न्यूनतम प्रतिलिटर ७६ रुपैयाँ रहेको दूधको मूल्य अब ८५ रुपैयाँ पुगेको छ । वृद्धि भएको मूल्यमध्ये ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् भने बाँकी उद्योगीले पाउने डिडिसीका महाप्रबन्धक राजेन्द्र अधिकारीले बताए ।

 
 
  
 

You may also like