सिद्धबाबा नजिकै स्काभेटरमा एक युवाको शव फेला

by समतल अनलाइन

बुटवल।पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवाको शव फेला परेको छ ।उनी स्याङ्जाको कालिगण्डकी-३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपीमा रहेको रसीले पासो लगाएर झुण्डिएको अवस्थामा घर्तीलाई भेटिएको थियो ।

स्थानीयले देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । बुधबार राति करिब १० बजेको समयमा भेटिएको उनको शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ ।संकास्पद ढंगले शव भेटिएपछि हत्याको आशंका गरिएको छ ।

 

 
 
  
 

You may also like