नेपालमा एकै दिन ३,५५३ मा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १५०८१ जनाको नमुना परीक्षण गर्दा यी संक्रमति देखिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २,९२२ र एन्टिजेन परिक्षणबाट २७१ जनामा संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७१ संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ह्वातै बढेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । बुधबार ३,०७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

 
 
  
 

You may also like