भाइ-बहिनीले बीपीको चिठ्ठीको मर्म बुझ्न सकेनन् : डा. शेखर कोइराला

by समतल अनलाइन

मोरङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै परिवारभित्रका भाइ र बहिनीलाई उचित व्यवस्थापन गर्न नसक्दा आफूले पार्टी सभापतिमा हार व्यहोर्नु परेको गुनासो गरेका छन् । उनले भाइ शशांक र बहिनी सुजातालाई मिलाउन नसक्नु आफ्नो कमजोरी भएको पनि स्वीकार गरे । उनले परिवारबाटै बीपीको चिठ्ठीको मर्म नबुझिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘मभित्र धेरै कमी कमजोरी छन्, कोइराला परिवारभित्र भाइ र बहिनीको भावना, मर्म बुझ्न सकिनँ ।’ सोही कारण आफू पार्टी सभापति पदमा पराजित हुन परेको उनको भनाइ छ ।

उनले बीपी कोइरालाले आफ्नो बुबालाई लेखेको पत्रबारे आफूले शशांक र सुजातालाई बुझाउन नसक्नु पनि आफ्नो पराजयको एउटा कारण भएको बताए । उनले महाधिवेशनमा आफूले हासिल गरेको मतअनुसार नै पार्टीमा आफ्नो वरीयता कायम भएको पनि उल्लेख गरे । काँग्रेस केन्द्रीय समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै २० औ नम्बरको वरीयता कायम गरेको थियो ।

 
 
  
 

You may also like