मदिरा ब्यबसायीसघं रुपन्देहीको स्थापना दिवस,मानबसेवा आश्रममा भोजन दान

by समतल अनलाइन

बुटवल। मदिरा ब्यबसायी सघं रुपन्देहीले बुटवलको सुख्खानगरमा रहेको मानबसेवा आश्रममा आइतबार भोजन सेवाअर्पण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको १३औ स्थापना दिवसको अबसरमा सामाजीक उत्तरदायित्वलाइ बोध गर्दै आश्रममा भोजन कार्यक्रम गरिएको मदिरा ब्यबसायी सघं रुपन्देहीका अध्यक्ष कृष्ण गौतमले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी मदिरा ब्यबसायी सघं लुम्बिनीका अध्यक्ष गिरिराज पौडेलले ब्यबसायसगसगै सामाजीक काममा पनी संस्था अघि बढेको देख्दा खुसी लागेको बताए

उनले प्राथना गर्ने ओठभन्दा सेवा गर्ने हात पबित्र हुन्छन भन्दै आगामी दिनमा ब्यबसायीहरुले यस्तै रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मदिरा ब्यबसायी सघं उपाध्यक्ष तथा सल्लाहाकार खिमबहादुर खत्रि,पुर्व अध्यक्ष तथा सल्लाहाकार अशोक श्रेष्ठ,निर्वतमान अध्यक्ष शम्भु भटराइ ,उपाध्यक्ष बाबुराम ज्ञवाली ,हिराबहादुर खत्री,कार्यक्रम संयोजक राजु खत्री, महासघंका केन्द्रिय सदस्य लिलाधर लुइटेल, मानब सेवा आश्रमका अभिभाबक शेरबहादुर क्षेत्री लगायले बोल्दै मानब सेवा नै पहिलो धर्म भएको भन्दै ब्यबसायीहरु सामाजीक काममा अग्रसर भइरहनेमा जोड दिएका थिए ।

मदिरा ब्यबसायी सघंका अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिब मुकुन्द प्रोख्रेलले गरेका थिए । यस्तै सघंले भोजनसगै औषधी उपचारका सामाग्रीहरुका लागी पनी सहयोग रकम प्रदान गरेको छ ।

 
 
  
 

You may also like