कालिका मानवज्ञानमा रक्तदान

by समतल अनलाइन

बुटवल।कालिका मानवज्ञान माबिको ६१ अौ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कालिका मावनज्ञान भुपु विद्यार्थी समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
युवाहरुलाई रक्तदानको महत्व रुपन्देहीबाट बुझाउने अभियानको थालनी भएको भन्दै समाजका अध्यक्ष लक्ष्मण चौहान क्षेत्रीले विद्यालयस्तरमा गरिने कार्यक्रम निक्कै प्रभावकारी हुने बताए।
कार्यक्रमको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले उद्घाटन गर्दै शिक्षासंगै खेलकुद र सामाजिक क्षेत्रमा समेत विद्यालयको फरक पहिचान बनेको बताए।
समाजका सचिव नरेन्द्र पौडेलले २८ युनिट रगत संकलन भएको बताए।

 
 
  
 

You may also like