आइतबार सार्वजनिक विदा

by समतल अनलाइन

काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निणर्य गरेको छ । उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निणर्य भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 
 
  
 

You may also like