एकै परिवारका तीन जनाको मृत्यु, एक जना घाइते

by समतल अनलाइन

सप्तरी । सिरहाको लहान नगरपालिका-३ स्थित लहान-ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

बिहीबार दिउँसो भएको दुर्घटनामा बलान विहुल गाउँपालिका-२ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताए । उनका अनुसार दुर्घटनामा एक जना बच्चा घाइते छन । टिपर र चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like