सुआहारा द्धारा पोषण संवेदनशील कृषि सम्बन्धी २ दिने तालिम आयोजना

by समतल अनलाइन

बुटवल । अन्तराष्ट्यि संहयोगी संस्था युससए आडीद्धारा संचालित कार्यक्रम सुआहारा परियोजनाले सुआहारा दोस्रो एकिकृत पोषण कार्यक्रम अन्तर्गत पोषण संवेदनशील कृषि सम्बन्धी २ दिने तालिम आयोजना गरेको छ । बुटवल उपमहानगरपालिका गोलपार्क स्थिीत होटल द मर्निङ्ग ड्यु बुटवलमा भएको कार्यक्रममा रुपन्देहीका मायादेवी गाउँपालिका, कन्चन , गैडहवा, सम्मरीमाई , लुम्विनी , सियारी , ओमसतिया, , मर्चवारी , देवदह , सैनामैना , कोटहीमाई लगायतका एघार वडा गाउँपालिकाका कृषि शाखा प्रमुख र पशु सेवा शाखा प्रमुख लाई तालिम दिइएको हो । पोषण संवेदनशील कृषि सम्बन्धी २ दिने तालिममा प्रमुख प्रशिक्षक सिनियर कृषि म्यानेजर राम कुमार न्यापाने , कृषि विकास निर्देशनलायका निर्देशक यम नारायण देवकोटा, रुपन्देही स्वास्थ्य कार्यालयका डा राजेन्द्र गिरी, सुआहारा परियोजना लुम्विनी प्रदेशका प्रमुख भरत शर्मा, प्रदेश कृषि संंयोजक अर्जुन श्रेष्ठ, र स्वास्थ्य एवम् पोषण अधिकृत दुर्गा राना लगायतले प्रशिक्षण दिनु भएको थियो । आज बाट सुरु भएको तालिममा सेतो गुराँस बाल विकास सेवा केन्द्रका अध्यक्ष शकुन्तलादेवी पुनको अध्यक्षता र कार्यक्रमको संचालन सेतो गुरांसकी फिल्ड संयोजक मिनु पुनको संचालनमा भएको हो । तालिम शुक्रबार अर्थात पुस २ गते सम्म संचालन हुने सुआहारा परियोजना लुम्विनी प्रदेशका प्रमुख भरत शर्माले जानाकारी दिनु भयो । सुआहराले स्वास्थ्य सुरक्षाका कार्यक्रमहरु लुम्विनी प्रदेशका १२ वटै जिल्ला र नेपालका ४२ जिल्लामा संचालन गदै आएको छ । यो परियोजना युससएआईडीको एक कार्यक्रम हो । जुन विभिन्न बहु,क्षेत्रीय , राष्ट्यि तथा स्थानीय सरकारी एजेन्सीहरुको माध्यमबाट काम गर्ने गर्दछ । साथै मातृत्व पोषण, कृषि , स्वच्छता र स्वास्थ्य सेवामा काम गदै आएको छ ।

 
 
  
 

You may also like