कांग्रेस उपसभापतिको मत गणना शुरू, राति १० बजेसम्ममा परिणाम आउने अनुमान

by समतल अनलाइन

काठमाडौं । कांग्रेसको उपसभापति पदको मतगणना शुरू भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार बेलुकी ६ बजेदेखि उपसभापति पदको मतगणना शुरू भएको हो ।

बुधबार बिहान सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । अब दुई उपसभापति पदको मतगणना शुरु भएको र राति १० बजेसम्म परिणाम आइसक्ने अनुमान रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अहिले तीन ठाउँमा फरक-फरक समूहले मतगणना गरिरहेका छन् ।

उपसभापतिमा पूणर्बहादुर खड्का, विजयकुमार गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र दिव्येश्वरी शाह उम्मेदवार छन् । खड्का र गच्छदार देउवा प्यानलका उम्मेदवार हुन् भने भण्डारी र गुरुङ शेखर कोइराला प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै, प्रकाशमान सिंह प्यानलबाट कोइराला र विमलेन्द्र निधि प्यानलबाट शाह उम्मेदवार छन् । महेश आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार मतदान भएको थियो । ४ हजार ६ सय ७९ मत खसेको छ । कांग्रेसले पदाधिकारीसहित १३४ पदमा निर्वाचन गरेको हो ।

 
 
  
 

You may also like