तिलोत्तमा प्रिमियर लिग प्रतियोगिता माघ ८ गते देखि हुने

by समतल अनलाइन

बुटवल। तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७८ को चौथो संस्करण माघ ८ गते देखि आयोजना हुने भएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी शुरु भएको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भ्रुतेलले बताए।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितालाई तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा सर्वोत्तम सिमेन्टको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन। यसैगरि उपविजेता टिम नगद २ लाख, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत हुने छन। यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिजलाई २० हजार रुपैया नगद, कप, उत्कृष्ट ब्याट्समेन, बलरलाई जनही १० हजार रुपैया, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैया तथा टिम फेयर प्ले अवार्ड नगद ४० हजार रुपैया साथै प्रत्येक खेलमा म्यान अफ दी म्याच रु १ हजार ५ सय रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए। प्रत्येक टिमले ५ जनासम्म राष्ट्रिय खेलाडी राख्न पाउने ब्यवस्था हुने उनले बताए।

तिलोत्तमास्थित नवजिवन खेलमैदानमा हुने प्रतियोगितामा ज्ञानोदय गोल्ड, मणिग्राम किङ्स, रोयल शंकरनगर, जोभी वारियर्स, भैरहवा सुपर ११, भैरहवा बुल्स, बुटवल होराइजन, आरसि भैरहवा गरि ८ टिमले भाग लिने छन। कुल २२ लाख अनुमानित खर्च रहेको समितिका सदस्य तथा संयोजक भुपराज अधिकारीले बताए।

कार्यक्रममा सर्वोत्तम सिमेन्टका पश्चिमान्चल बजार ब्यवस्थापक रमेश ढकालले कोभिड संक्रमणका कारण उद्योगहरु धरासायी भैरहेको भएपनि खेल क्षेत्रमा थोरै भएपनि लगानी गरेर सामाजिक उत्तरदायित्वमा बल दिने काम गरेको बताए।

कार्यक्रममा समितिका सल्लाहकार माधव अर्याल, सचिव श्रीराम नेपाली, सदस्य माधव पन्त, बाबुराम गैरेले प्रतियोगिताको बारेमा बताए।

 
 
  
 

You may also like