ओमिक्रोन अन्य भेरियन्टभन्दा तीव्ररुपमा फैलिदैछ, हेलचेक्र्याइँ नगरौं : डब्ल्युएचओ

by समतल अनलाइन

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन अन्य भेरियन्टभन्दा तीव्ररुपमा फैलिरहेको चेतावनी दिएको छ । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संसारका अधिकांश मुलुकमा फैलिसकेको बताउँदै डब्ल्युएचओले यस्तो बताएको हो ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले प्रेस सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । ‘हाल संसारका विभिन्न ७७ वटा मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परिसकेको पुष्टि भएपनि अन्य मुलुकमा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिरहेको छ । जुन पुष्टि हुन बाँकी छ,’ गेब्रेयससले भनेका छन् ।

नयाँ भेरियन्टविरुद्ध लड्न कुनैपनि मुलुकले पर्याप्त तयारी नगरेको समेत उनले बताएका छन् । ‘हामीले नयाँ भेरियन्टलाई वेवास्ता गरिरहेका छौं । यदि प्रचुर तयारी अपनाइएन भने हाम्रो हेलचेक्राइले भयावह स्थिती निम्तिने पक्का छ,’ उनले भनेका छन् ।

ओमिक्रोन भेरियन्ट पहिलो पटक नोभेम्बर महिनामा दक्षिण अफ्रिकामा देखा परेको थियो । त्यसयता अफ्रिकी मुलुकहरुमा संक्रमण दर तीव्र बनिरहेको बताइएको छ ।

 
 
  
 

You may also like