कांग्रेस महाधिवेशन : रामचन्द्र पौडेलले मतदानमा भाग नलिने

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) हुन लागेको मतदानमा सहभागी नहुने भएका छन् ।

कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदबार बन्ने प्रयास असफल भएपछि निरास बनेका पौडेल सक्रिय राजनीतिबाटै विश्राम लिने मनस्थितिमा पुगेका छन् । पौडेल निकट स्रोतका अनुसार नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा पौडेल सहभागी हुने छैनन् । कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान शुरु हुँदैछ ।

पार्टीको सभापति पदमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राति पौडेललाई भेटेर फकाउने प्रयास गरेका थिए । पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार त्यस क्रममा देउवाले पौडेललाई राजनीतिबाटै बाहिरिने कुरा नगर्न आग्रह गरेका थिए ।

 
 
  
 

You may also like