कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा भिड्दै नेता भुसाल

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु हुने भएको छ ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका नेपाली काङ्ग्रेसका नेता कमल प्रसाद भुसाल काङ्ग्रेस कार्यकर्ताको बिचमा निकै लोकप्रियता कायम गरेका नेताको रुपमा स्थापित हुनुहुन्छ ।

नेपाली काङ्ग्रेस अर्घाखाँची का पुर्व सभापति कमल प्रसाद भुसाल नेपाल तरुण दलअर्घाखाँची को अध्यक्ष हुदै तरुणदलको केन्द्रीय केन्द्रीय उपाध्यक्ष बनेका ब्यक्ति हुनुहुन्छ कमल प्रसाद भुसाल । हाल सन्धिखर्क नगरपालिकाको नगरप्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
संगठनको काम प्रति बफादार सिपाहिको रुपमा काम गरेका भुसाल १२ औ महाधिवेशनमा अर्घाखाँची को सभापति बन्नु भएको थियोे ।

जनआन्दोलनका बेला हरेक आन्दोलन मा सक्रिय भुमिका निर्वाहा गरेका भुसाल आन्दोलनका बेला जेलनेल खाएका युवा नेता हुनुहुन्छ । काङ्ग्रेसको १३ औ महाधिवेशनमा समेत केन्द्रीय सदस्य लड्ने तैयारि गरेका भुसाल त्यतिबेला सहमतिको नाममा उम्मेदवारी नदिएको कारण १४ औं महाधिवेशनमा भने उम्मद्वारी दिने तैयारी गर्नु भएको हाे ।

उहाँ आफुले सबल र सुदृढ कांग्रेस निर्माणमा लागि रहने बताउनु भएको छ । भुसालले केन्द्रीय सदस्यमा अत्याधिक मतले विजयी बनाउन महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरुमा आग्रह समेत गर्नुभएको छ ।

 
 
  
 

You may also like