131
काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसको बैंक खातामा १० करोड रुपैयाँभन्दा बढी बचत रहेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज (बिहीबार) दलको आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् ।
बिहीबार सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । ‘तपाईंहरुलाई जानकारी गराऊँ, कांग्रेसको खातामा १० करोडभन्दा धेरै रकम सञ्चित रहेको छ’, शर्माले भने, ‘यो रकम महाधिवेशनमा खर्च भएर कति जोगिन्छ ? पछि हिसाब हुन्छ ।’