156
काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले किसानलाई क्षति मूल्याङ्कन गरेर राहत दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।
१० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिश, ३ विघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ विघा भन्दा कममा खेती गरेका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको हो । सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन समेत गरेको थियो ।