अपाङ्गताको विषयमा कानुनी सचेतना कार्यक्रम

by समतल अनलाइन

बुटवल ।अपाङ्गता महिला संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को सहयोगमा अपाङ्गता सम्बन्धी एक दिने कानुनी सचेतना कार्यक्रम गरिएको छ । बुटवल–३ गोलपार्क दुर्गामन्दिर परिषरमा एक कार्यक्रमको आयोजना गरी वडाका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, महिला स्वयम सेविकाहरु तथा स्थानिय जनप्रतिनिधिहरुको सहभागीतामा कानुनी सचेतना कार्यक्रम गरिएको हो ।

अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष लाल प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष लाल प्रसाद बस्यालले अपाङ्गता भएका व्याक्ति तथा तिनका अभिभावहरुले स सानो कुरामा विशेष ख्याल गरिदिँदा मानिस अपाङ्गताको सिकार हुनबाट समेत बच्न सक्ने धारणा राखे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत राम प्रसाद अर्यालले अपाङ्गता आफैमा समस्या नभएर एउटा अवसर भएको भन्दै अव बन्ने संरचनाले अपाङ्गता भएका व्याक्तिहरुलाई कुनै पनि अवरोध नगर्ने गरी योजना सरकारको रहेको बताए । उनले नगरमा बन्ने कुनै पनि सरहकारी संरचना अनिवार्य रुपमा अपाङ्गता मैत्री हुने समेत बताएका थिए ।

कार्यक्रममा एचआरडीसी बुटवलका सुपरभाईजर लेखनाथ अचार्यले अपाङ्गताको बर्गीकरण, परिचय पत्र, अपाङ्गता भएका व्याक्तिहरुको समाजमा भुमिका, अवसर तथा संमन्वयको खाँचोको विषयमा अनुशिक्षणा प्रदान गरेका थिए ।

यस्तै अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालले अपाङ्गताको बर्गीकरण, सरकारी भुमिका तथा सेवा सुविधा लगायतका विषयमा कानुनी अनुशिक्षण प्रदान गरेकी थिईन । कार्यक्रमको सञ्चालन पार्वती न्यौपानले गरेकी हुन । कार्यक्रममा तिनाउ, तिलोत्तमा शान्ती, सह्रसपथ, पुलचोक, बुद्धएकताटोल, गोलपार्क, बमघाट, बहुमुखी, मिलन टोल, ज्वोतिनगर टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, वडा नम्बर ३ का जनप्रतिनिधिहरु, वडा सदस्य तथा कार्यपालिका सदस्यहरु र महिला स्वयमसेविकाहरुको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like