गुल्मीमा खोलाले बगाएको जिप क्षतविक्षत अवस्थामा भेटियो (भिडियो)

by समतल अनलाइन

गुल्मी।गुल्मीको सत्यवति गाउँपलिकाको खैरेनी रुद्रबेणी सडकखण्डमा खोलाले बगाएको जिप ८०० मिटरको दुरीमा भेटिएको खोजि कार्यमा संलग्न ज्ञानहरि सापकोटाले जानकारी दिनुभएको छ ।

जीप क्षतविक्षत अवस्थामा भेटिएको सापकोटाले बताउनुभयो। खोज्ने क्रममा बुधबार दिउसो करिब ४ बजेको समयमा भेटिएको बताइएको छ ।खोजि कार्यमा प्रहरी लगायत गुल्मी जीप व्यवसायी समितिका रुपकलाल श्रेष्ठसंगै अन्य सदस्यहरुको साथमा स्थानीय सरोकारवालाहरु,समाजसेवीहरुको उपस्थिति रहेकोमाथिबाट आएको डहरे खोलाले उक्त जिप बगाएको हो । बुटवल देखी भुवाचिदीको लागि छुटेको लु १ ज ३४३२ नम्बर बालेरो जिप खोलाले बगाएको र खोजीको क्रममा भेटिएको इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले जनाएको छ।

उक्त जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए । जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहितको पानीले उक्त जिप बगाएको प्रहरीको भनाइ छ ।

जिपमा सवार सबै यात्रु सुरक्षीत रहेपनि उनिहरुको सबै समानहरु भने गाडिसंगै बगेको छ ।
यस अघिको वर्षाटको समयमा पनि उक्त खोलाले माल बाहक ट्रक बगाएको थियो। भिडियो :

 
 
  
 

You may also like