सीता मृत्यु प्रकरण -प्रहरीको प्रतिबेदन मान्य छैन: माईतीपक्ष

by समतल अनलाइन

बुटवल । शुक्रबार प्रशासनले तिलोत्तमा-५ मणिग्रामकि सिता भण्डारी (पौडेल) को मृत्यु प्रकरणमा मृतक आफैले लेखेको सुसाइड नोट भेटिएको भन्दै सार्बजनिक गर्यो। तर दशौ प्रमाण जुटिरहदा पनि प्रहरी प्रसासन मिलेमतोमा घटना सेलैदीन प्रयत्नशील रहेको भन्दै माईती पक्ष बाट पुन अनुसन्धान को पाटो बलियो बनाएर जानु पर्नेमा जोड दिएका छन्। प्रसासनको पछिलो अभिव्यक्ति र निराधार समाचारमा आएका कुरा आफुहरुलाई मान्य नभएको भन्दै उनीहरुले कडा आन्दोलन चर्काउने घोषणा गरेका छन्। शनिबार मणिग्राममा पत्रकार भेटघाट कार्यक्रम गर्दै माईतीपक्षले कुनै पनि हालतमा सीताको मृत्यु आत्महत्या नभएको जिकिर गर्दै शरीर भरि भएको निलडाम, मुख बाट बगेको रगत, सिधा काटिएको डोरी,ज्वाई टिका पौडेलले मृत्युकै दिन सासु ससुरालाई रुदै बिहान दिएको अभिव्यक्ति, घरपरिवारको मौनता, विभिन्न योजनाले आफ्नी छोरीको सरासर हत्या भएको दावी गरेका छन्।

संसारले देखेको विभिन्न प्रमाणहरु हुदा हुदै पनि प्रहरी र प्रसासन अनि केहि व्यक्तिको मिलेमतोमा घटना लाईसम्य पार्न खोजेको आरोप लगाउदै न्याय नपाए अरु प्रक्रिया अपनाई कडा आन्दोलनमा जाने उनीहरुको भनाइ छ।ता भण्डारी मृत्यु प्रकरणबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गरेको छ । भण्डारी गत भदौं १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या भएको बताएको थियो ।छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो । त्यस आन्दोलनको दबावमा आएपछि आत्माहत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल, उनकी दिदी बिष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भण्डारी मृत्यु प्रकरणको २६ दिनपछि रुपन्देही प्रहरीले सार्वजनिक गरेको रिर्पोटमा भने सीताले सुसाइड नोट लेखेर आत्महत्या नै गरेको अनुसन्धानबाट देखिएको जनाएको छ । प्रहरीका अनुसार सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा गरिएको प्राविधिक परीक्षणमा सीताले लेखेको सुसाइड नोट फेला परेको हो । सो नोटमा ‘………मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनि लेखिएको प्रहरीले जनाएको छ । यता, माईती पक्षले भने मोबाइलको सुसाइड नोट विश्वास गर्न नसकिने बताएका छन् । घटनाको उचित छानबिन र न्याय दिलाउन प्रसासनलाई कडा निर्देशन दिन आज पनि मणिग्राम चोकमा माईती पक्ष र स्थानियको सहभागितामा चक्काजाम र आन्दोलन समेत गरिएको थियो।

 

 
 
  
 

You may also like