अचम्मको कुखुरा फार्म हेर्नुस जहाँ चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा

by समतल अनलाइन
198Shares

कास्की। पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ। राजेन्द्र अधिकारीले बिगत लामो समयदेखी बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका छन् ।

हजारौं कुखुराहरुमाथी राजेन्द्र अधिकारीले अनुसन्धान गरिरहेका छन् । नेपालमा पाईने र पाल्न मिल्ने सबै प्रकारका कुखुराहरु उनको फार्ममा भेट्न सकिन्छ ।

उनको फार्ममा १६ बर्ष सम्मको बुढो भाले समेत छ । उक्त भालेलाई तीनलाख पाउँदा पनि उनले बेचेनन् ।उनको कृषि फर्ममा चितुवा घुमिरहन्छन् तर पनि कुखुरालाई केही गर्दैनन् ।

सानोमा चितुवाका बच्चा हुर्काएकोले फार्ममा बेला बेलामा चितुवा आउने र केही नगर्ने दिए खाने नत्र जाने गरेको उनले खुलासा गरे ।

राती कसैले कुखुरा चोर्ने आँट गर्नै सक्दैेनन् किनकी चितुवा कतिबेला आउँछ कसैलाई थाहा नै हुँदैन । देशमा केही गरौं भन्ने युवाहरुका लागी अधिकारीको जीवन र उनको यो व्यवासयबाट धेरै पाठ सिक्न सकिन्छ ।

लाखौंको जागिर छोडेर कृषि अनुसन्धानमा लागेका अधिकारीको फार्म पुग्दा यस्तो देखियो । हेर्नुहोस् तलको भिडियोः

 

Comments

You may also like

This will close in 0 seconds