संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित प्रचण्ड पत्नी सीतालाई प्रबल जनसेवाश्री पदक

by समतल अनलाइन

काठमाडौं । सर्वोच्च अदालतका तीन जना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने सबै कानून व्यवसायीहरुले पदक पाएका छन् । प्रधानमन्त्री देउवाको तर्फबाट बहस गर्ने बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पनि प्रबल जनसेवाश्री पाएका हुन् ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणी र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्वल कीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित गरिने भएको छ ।

पहिलो पटक प्रतिनिधिसभा विघटनको मुद्धालाई बदर गर्ने सबै न्यायाधीशहरु विभूषित हुने भएका हुन् । यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई पनि सर्वोच्चका न्यायाधीशहरु सरहको प्रबल जनसेवाश्री पदक दिइएको छ ।

 
 
  
 

You may also like