मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । भक्ति पनि बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परिवारजनको साथले नयाँ आशा जगाउने छ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्ने छ, तर पेटको समस्या बढ्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अपजस मिल्न सक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउने छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्ने छ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउने छ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल