उद्योगहरु संग संवन्य गरेर उखु किसानको भुक्तानी दिलाउँछु ः उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री शाही

by समतल अनलाइन

बुटवल। लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले उद्योगहरु संग संवन्य गरेर उखु किसानको भुक्तानी दिलाउने दावि गर्नुभएको छ ।

मन्त्री शाहीले किसानहरुले दुःख गरेर उखु उत्पादन गर्ने र सोही उत्पादित उखुहरु चिनी उद्योगहरुले खरिद गरेको भएपनि भुक्तानीको समस्या देखिएकोले उद्योगहरु संग संवन्य गरी भुक्तानी गराउन सहिजिकरण गर्ने बताउनुु भएको हो ।

शुक्रवार आफ्नो गृह जिल्ला नवलपरासी पुग्नु भएका मन्त्री शाहीले उद्योगहरु कोरोना महामारीका कारणले निकै समस्यामा रहेको औँल्याउदै लुम्बिनी प्रदेश सरकारले उद्योगीको समस्या समाधानमा समेत विशेष पहल गर्ने बताउनु भएको छ ।

उहाँले प्रदेशभरी विशेष क्षेत्रको पहिचान गरी औद्यौगिक ग्रामहरु निर्माण गर्ने बताउँदै नवलपरासी जिल्लालाई औद्यौगिक ग्राम निर्माणको प्राथमिकतामा राख्ने दावि गर्नुभयो । मन्त्री शाहीको गृह जिल्लामा उहाँलाई भव्य स्वागत गरिएको थियो ।

 
 
  
 

You may also like