थप १,८४५ ले जिते कोरोना, १,२७१ नयाँ थपिए, १४ को मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८४५ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १,८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या नेपालमा ७ लाख ३५ हजार छ पुगेको छ । कोरोना निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १,२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ । मन्त्रालयका अनुसार सोही अबधिमा देशभर १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 
 
  
 

You may also like