आज तीजको दिन कस्तो रहला मौसम, कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

by समतल अनलाइन

काठमाडौ । मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज हिन्दु नारीहरूको महान् पर्व तीज पनि हो। मौसमविदको भनाइअनुसार पर्व मनाउन आज मौसमले साथ नदिने सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । निरन्तरको वर्षाले माटो गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले कमजोर पहाडमा बस्नेहरुले विशेष सतर्क हुनुपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

 

 
 
  
 

You may also like