अखिल ( क्रान्तिकारी) नगर कमिटीको अध्यक्षमा अर्याल

by समतल अनलाइन

बुटवल। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बुटवल उपमहानगरको नगर सम्मेलन सम्पन्न भएको छ ।

सोमवार जिल्ला कार्यालय सदस्य सपन पौडेलको अध्यक्षतामा बुटवल वहुमुखी क्याम्पसमा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनले माधव अर्यालको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा गगन रेस्मी, सुदर्शन पाण्डे र अनिल बिस्वकर्मा, सचिबमा गणेश दाहाल, सहसचिब काशिनाथ न्यौपाने, बिपना अर्याल र शुसान्त पाण्डे तथा कोषाध्यक्षमा खेम प्रसाद घिमिरे रहेका छन् ।

कार्यक्रम माओबादी केन्द्रका रुपन्देही संयोजक निर्मल जि.सि, अखिल (क्रान्तिकारी) केन्द्रीय कमिटि सदस्य तथा लुम्बिनी प्रदेश सह(संयोजक बिक्रम राना, माओवादी केन्द्रका नेताहरू बिष्णु ढकाल, चेतन भण्डारी, पुष्पराज ढकाल, नारायण बन्जाडे, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला ईन्चार्ज रूपेस पौडेल, केन्द्रीय सदस्य तथा लुम्बिनी बौद्ध विश्वबिद्यालय संयोजक माधव पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन टिकाराम आचार्यले गरेका थिए ।

 
 
  
 

You may also like