पत्रकार शर्मालाई सहकारी पत्रकारिता पुरस्कार

by समतल अनलाइन

भैरहवा। पत्रकारितामार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै पत्रकार टोपराज शर्माले उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । रुपन्देहीको जनउत्थान वचत तथा ऋण सहकारी संस्थाले शर्मालाई नगद १५ हजार राशी सहित प्रमाणपत्रले पुरस्कृत गरेको हो । सहकारीले शनिबार भलबारीमा आयोजना गरेको एक कार्यक्रममा संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले शर्मालाई पुरस्कार प्रदान गरेकी हुन् । शर्मा अनलाइनखबर डटकमका बुटवलस्थित वरिष्ठ संवाददाताका साथै राज्य टेलिभिजनमा आवद्ध छन् । सो अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीमा पहुंच सेवा केन्द्र भैरहवाकी रविना राना,उत्कृष्ट सेवा केन्द्रमा पटकासार सेवा केन्द्र ठुटिपिपल तथा लकडाउनका बेला कृषि एम्बुलेन्स सञ्चालनमा योगदान गरेका एम्बुलेन्स चालक भर्थरी गुप्ता,चन्द्रबहादुर थापा र प्रख्यात बन्जाडेलाई सम्मान गरेको छ । २०५९ मा बागलुङ सामुदायिक संस्थाको नामबाट शुरु भएको सहकारी अहिले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो सहकारी बनेको छ । सहकारीमा हाल १९ हजार महिला र ८ हजार पुरुष गरी २७ हजार शेयर सदस्य छन् । अन्य ६ वटा सहकारीसंग एकीकरण गरेको सहकारीका रुपन्देही जिल्लाका ८ स्थानमा सेवा केन्द्र छन् । सहकारीको २ अर्ब ५१ करोड कूल पुँजीसहित १८ करोड जगेडा कोष छ । सहकारीका ८ वटा सेवा केन्द्र र ५४ जना कर्मचारी छन् ।
सहकारीले आगामी २०८१ सालसम्म कुल पुुँजी तीन अर्ब ५१ करोड रुपैयाँ र शेयर सदस्य ३५ हजार जना र जगेडा कोष ४१ करोड ७० लाख पु¥याउने लक्ष्य लिएको व्यवस्थापक रनबहादुर थापाले बताए ।

 
 
  
 

You may also like