कोभिड बिरुद्ध सचेतना अभियान

by समतल अनलाइन

बुटवल । देविनगरस्थित विवान फार्मेसी र रोटरी क्लब अफ बुटवल चौतारीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबार अभियान शुरु गरेक‍ो छ। बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले मास्क वितरण गरि अभियानको उद्घाटन गर्दै कोभिड रोकथाम गर्न सचेतना अभियान नै महत्वपुर्ण भएको बताए।
क्लबका अध्यक्ष सुरज क्षेत्रीले समाज परिवर्तनमा युवाहरुको अग्रता नै क्रियाशिलता जरुरी रहेको भन्दै सामाजिक संघसंस्थाहरुबाट हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए।
दिनको न्युनतम डेढ सय मास्कको दरले १० महिनासम्म गरि करिब ७२ हजार मास्क वर्षभरिमा बाडिने उनले बताए। विवान फार्मेसीका संचालक दिपक ढकालले स्वस्थ्य क्षेत्र सेवामुलक भएको भन्दै सामाजिक उतरदायित्वमा काम गर्ने बताए। देविनगरमा सेवा शुरु गरेको विवान फार्मेसीमा बालरोग, जनरल फिजिसयन, हाडजोर्नी र आयुर्वेदिक गरि विशेषज्ञ सेवा दिईने मेडिकल अफिसर डा एन के अर्यालले बताए।

 
 
  
 

You may also like