रुपन्देहीमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनको तयारी पूरा

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा सत्तारुढ दल नेपाली काङ्ग्रेसले भोलिदेखी हुने वडा अधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जिल्लाका १५५ वटा वडामा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । केन्द्रले पठाएका जिल्ला मुख्य निर्वाचन अधिकृत भेषराज घिमिरे आवश्यक सामग्रीसहित बुधबार नै रुपन्देही आईसकेका छन् ।

खाँणले वडा अधिवेशनका लागि आवश्यक प्रशिक्षण र सहजीकरण गरी सबै वडामा निर्वाचन अधिकृत खटाईसकेको बताए । उनले सर्वसम्मत नेतृत्व चयनको लागी अधिकतम प्रर्यत्न गर्ने र वडा तहमा खटिने निर्वाचनकर्मीहरु सहयोग गर्न आग्रह गरेका छन् ।

साथै, अधिवेशन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रिय रुपमा सहभागी हुन समेत आग्रह गरे ।

अधिकांश वडामा सर्वसम्मत अधिवेशन हुने र केही वडामा निर्वाचनबाट अधिवेशन टुंगिने अनुमान गरिएको उनले बताए । रुपन्देहीमा पुराना नवीकरण भएका ११ हजार र नयाँ थप भएका ११ हजार गरि करिब २२ हजार क्रियाशील सदस्य रहेका छन् ।

 
 
  
 

You may also like