बुटवल ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीले स्थानीय समुदायलाई सचेत बनाउंदै जिम्मेवार निकार्यलाइ जबाफदेही बनाउन पहल गर्दै आएको छ ।
मानब अधिकार समुह बुटबल उपमहानगरपालिककाले समस्या पहिचान र योजना निमार्णका लागि मानव अधिकार समुहको बैठक बुटबलमा बसेको छ । बुटबलमा उपमहानगरपालिका भित्र कार्य क्षेत्र बनाएर शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरि कार्ययोेजना निमार्ण गरिएको मानब अधिकार समुहका अध्यक्ष कमला भण्डारीले ज्ञवालीले जानकारी गराउनुभयो । उक्त बैठकमा बोल्दै बुटबल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले नगर भित्र देखिएका हरेक प्रकार समस्याहरुलाई समाधान गर्न मानव अधिकार समुहको पहल सकरात्मक रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा उपमहानगरपालिका सबै पक्षसंग सहकार्य गर्न तयार रहेको बताउंदै प्रवक्ता रेग्मीले केही दिनमा उपमहानगरपालिकाले सबै विद्यार्थीलाई कोराना बिरुद्वको खोप लगाएर विद्यालय सञ्चालन गर्ने बताउनुभयो । युवा समाजसेवी राजेन्द्र ढकालले बिद्यार्थीलाई खोपको ब्याबस्थापन गरि बिद्यालय सन्चालन गर्न आग्रह गर्नुभयो । कमला भण्डारी ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रम मानव अधिकार समुहका सल्लाहकार दिनानाथ भट्टराई मानव अधिकार सञ्जाल रुपन्देहीका संयोजक समुन्द्र जीसी, मानब अधिकार समुहका उपाध्यक्ष डोलराज पाण्डे इन्सेक रुपन्देही सहजकर्ता विष्णु घिमिरे सन्तोष के सि लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो ।