अर्घाखाँचीमा पहिरोले घर पुरिंदा बालिकाको गयो ज्यान, तीन घाइते

by समतल अनलाइन

अर्घाखाँची। पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिए । निरन्तरको वर्षा पछि गए राति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like