यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले (मंगलबार बिहान) देशभर मौसम सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ ।

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like