बुटवल-पाल्पा सडक खण्ड एकतर्फीरुपमा सन्चालनमा

by समतल अनलाइन

बुटवल । लगातार बर्षाका कारण आइतबार बिहान देखि अवरुद्ध बुटवल-पाल्पा सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ। पाल्पाको तानसेन नगरपालिका वार्ड नम्बर ८ डुम्रेमा खसेको केही मात्रामा पहिरो पन्छाएपछी सडक एक तर्फी रुपमा सन्चालनमा आएको जिल्ला प्रहरी पाल्पाका डिएसपी रामेस्वर त्वातिले जानकारी दिए।

अविरल वर्षासँगै राजमार्गका एकदर्जन जति ठाउँमा पहिरो जाँदा आइतबार विहानबाट सडक अवरुद्ध भएको थियो । अन्य ठाउँका पहिरो आइतबार नै पन्छाएपनि डुम्रेमा ठूलो पहिरो खसेकाले सडक सुचारु गर्न समय लागेको थियो ।

 
 
  
 

You may also like