राधा पाण्डे,
कपिलवस्तु,`महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान´ भन्ने मुल नारालाई आत्मसात गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका बाणगंगा नगरपालीका, बुद्धभुमी नगरपालिका, मायादेबी गाउपालीका लगायतका पालिकाभित्र रहेका अति बिपन्न, एकल महिला, गर्भवती, सुत्केरी, अपाङ्ग गरी ५० घर परिवारलाई खाद्यान्न बितरण गरेको हो ।
आवाजले कोरोनाको कहरको समयमा आफ्नो सानो सहयोगले गरिब तथा अति बिपन्नहरुको घरमा चुलो बलोस भन्ने उद्देश्यले राहत बितरण कार्यक्रमको आयोजना गरेको हो । मेचीमहाकाली बुहारी संयुक्त आवाजका जिल्ला संयोजक चन्द्रा अर्याल र सह संयोजक दिना सुवेदी (कमाल)ले महिला तथा बालबालीकाको सेवामा मात्रै नलागेर समाजमा हुने हिंसा न्यूनीकरण तथा गरिव दुखिको पिडामा मलम लगाउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेको बताउनुभयो । यस्तै उहाँले यो आवाजले दुखी, गरिब, अपांग, असहायहरुको आवाजको आवाज बोल्ने स्पष्ट पार्नुभयो ।
बिगतका दिनमा आवाजले दुखी गरीबको परिवारमा घाउमा मलम लगाउदै आएको र आगामी दिनमा पनि हरपल तत्पर रहने बताउदै आएको छ । संयुक्त आवाज परिवारले खाद्यान्न, नगद सहयोग गर्नै सहयोगी हातहरू तथा बिभिन्न संघ संस्था साथै सामाजिक ब्यक्तीत्वहरुलाइ हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ । कार्यक्रममा प्रदेश संयोजक लता खड्का, उपाध्यक्ष सुष्मा खाण , सचिव अन्जु बन्जाडे,आवाजका सह सचिव साथै राहत सङ्कलन तथा बितरण संयोजक अन्जु अधिकारी, कोषाध्यक्ष निर्मला न्यौपाने भुषाल, सह कोषाध्यक्ष ज्ञानु पौडेल , सदस्य नारायणी सिंह के सी, सदस्य सिवालिक चौधरी, आजिवन सदस्य सरीता अर्याल, अनु पौडेल, सुनीता आचार्यका साथै प्रेस सल्लाहकार भगवती न्यौपाने र पत्रकार राधा पान्डेको सहभागिता रहेको थियो । कार्यक्रममा राहत बितरण ब्याबस्थापनमा सहयोग गर्नुहुने मायादेबी गाउँपालिकाका समाजसेवी मेवालाल यादव तथा सम्पुर्ण पालिकाका समाजसेवीहरुले बुहारी संयुक्त आवाजलाइ सहयोग गर्नुभएको थियो ।