74
चितवन। लगातारको भारी वर्षाका कारण नारायणी नदीमा पानीको बहाव ह्वातै बढेको छ । चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज पनि नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोरलगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिनभर विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ ।
आज प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।