बुटवल । रुपन्देहीमा असार ३१ गतेसम्म निषेधाज्ञा जारि हुने भएको छ । सार्वजनिक सवारी साधन जोरबिजोर प्रणाली मार्फत लागु गर्ने गरि निषेधाज्ञालाई असार मसान्त सम्म थप गरेको हो ।
आजै बसेको डिसीएमसीको बैठकले ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।
सरकारले तोकेअनुसारको स्वास्थ्य मापदण्ड कायम गरेर थप गरिएको निषेधाज्ञामा सर्वाजनिक सवारी साधन संचालन गर्न पाईने छ भने अन्य निषेधाज्ञाका सबै सर्तहरु पूर्ववत कायम गरिएको छ । असार १५ गतेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो भने निजी सवारी साधनलाई असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो ।
यस्तै माछा मासु तरकारी फलफुल दुग्धजन्य साम्रगीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ भने अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।