164
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री पोखरेलका पक्षमा ३१ मत आएको छ भने विपक्षमा २७ मत आएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गरेर सुनाएका थिए।मुख्यमन्त्री पोखरेलका पक्षमा बहुमत सांसद देखिएका हुन्। मतदानमा ५८ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए।
previous post