अपरान्हपछि काठमाडौंसहित देशका केहि भागमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् ।

आज (बिहीबार) लुम्बिनी प्रदेशका थोरै तथा देशभरका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान
जेठ २० गते बिहीबार
दिउँसो – प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ । प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
जेठ २१ गते शुक्रबार
दिउँसो – प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
जेठ २२ गते शनिबार
दिउँसो – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 

 
 
  
 

You may also like