विश्वको इतिहास

by समतल अनलाइन

महाअधिकार पत्र -Magnacarta के हो ? – बेलायती नागरिकको स्वतन्त्रताको प्रथम बडापत्र (First Great charter)
म्याग्नाकार्टा कहिले जारी भएकोः– सन् १२१५ जून १५ मा
सन् १२१५ जून १५ मा हस्ताक्षर गर्ने बेलायती राजाः– राजा जोन
सन् १२२५ मा जारी गरिएको Final Magnacarta मा हस्ताक्षर गर्ने बेलायती राजाः– हेनरी तृतीय
सन् १२१५ जुन १५ मा जारी गरिएको म्याग्नाकार्टा संशोधन सहित जारीः–सन् १२२५ फेब्रुअरी ११ मा
म्याग्नाकार्टालाई संशोधन गर्नेः–हेनरी तृतीय
विश्व इतिहासमा मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको सम्बन्धमा पहिलो लिखित दस्ताबेज-म्याग्नाकार्टा
म्याग्नाकार्टामा भएका दफा–६३
बेलायती जनताको आधुनिक स्वतन्त्रताको मुख्य आधारः– म्याग्नाकार्टा
म्याग्नाकार्टा हस्ताक्षर गरिएको ठाउँ–बेलायतको रनीमेडे, लण्डनबाट १९ माइल टाढा रहेको
म्याग्नाकार्टा लेखिएको भाषाः–ल्याटिन भाषा (म्याग्नाकार्टा कुन भाषामा लेखिएको थियो)
म्याग्नाकार्टाको शाब्दिक अर्थः–स्वतन्त्रताको महाअधिकार पत्र
बेलायतमा कानुनको शासन, संसद्को प्रभुत्व र न्यायिक निष्पक्षताको जग बसाउने दस्तावेजः–म्याग्नाकार्टा
राजा र धर्मगुरुबिच भएको सङ्घर्षको परिणामः–म्याग्नाकार्टा
जनप्रतिनिधिको स्वीकृति बिना कर लगाउन नपाइने अवधारणाको विकास गर्ने दस्तावेजः–म्याग्नाकार्टा
राजा जोनको निधनः–१२१६ अक्टोबर १८ मा
हेनरी तृतीय राजा भएकोः–१२१६ मा
म्याग्नाकार्टाको धारा १ मा उल्लेख भएकोः–चर्चको स्वायत्तता
धारा २८,३० र ३१ माः–व्यक्तिगत सम्पत्तिको प्रत्याभूति
धारा ३८,३९ र ४० माः–व्यक्तिगत स्वतन्त्रता र अधिकार
धारा ३९ माः–प्रत्येक व्यक्तिलाई कानुन अनुसार नै दण्ड दिइने
धारा ४० माः–हामी(राजा) ले कसैलाई पनि अधिकार वा न्याय बेच्ने छैनौँ, न्याय प्रदान गर्ने काममा ढिला गर्ने छैनौँ र न्याय दिन इन्कार पनि गर्ने छैनौँ,
धारा ५४ माः–राजाका मन्त्रीहरू र कर्मचारीहरूले कानुन जान्नु र मान्नु पर्दछ,
हाल म्याग्नाकार्टाका सुरक्षित प्रतिः–४
• २ प्रति लण्डनस्थित ब्रिटिस लाइब्रेरीमा सुरक्षित रहेका
• १ प्रति Salisbury Cathedral मा
• १ प्रति Lincoin Cathedral मा
बेलायतलाई समुन्द्रकी रानी पनि भनिन्छ ।
म्याग्नाकार्टाको जारी पश्चात् प्रचलनमा आएको असाधारण क्षेत्राधिकार रिटः–बन्दीप्रत्यक्षीकरण
बेलायतमा राजा रिचर्डकोे शासनकालमा राजाको शक्ति बढाउने क्रममा अत्यधिक कर लागु भएपछि पोपका साथै शोषित जनता पनि राजाका विरुद्ध एकत्रित भए ।
म्याग्नाकार्टाका मुख्य प्रावधानहरू
राजाले संसद्को अधिवेशन नियमित बोलाउनु पर्ने
ऐन कानुन पारित गर्ने अधिकार सांसदलाई मात्र हुने
संसद्को स्वीकृति विना कुनै प्रकारको कर उठाउन नपाउने
राजकीय सेनाको लागि चाहिने आर्थिक व्यवस्था संसद्को स्वीकृतिबाट मात्र निर्धारण हुने,
कानुन र कानुनको उचित प्रक्रिया बिना कुनै पनि व्यक्तिलाई थुनामा राख्न र देश निकाला गर्न नपाइने
कानुनले तोकेको भन्दा बढी सजाय कसैलाई पनि नगरिने
चर्चको स्वायत्तता प्रदान गर्ने
कसैलाई पनि मृत्युदण्ड नदिइने
न्याय दिनमा ढिलाइ तथा इन्कार नगरिने
जथाभाबी सजाय विरुद्धको अधिकार तथा स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार
पुनर्जागरण

पुनर्जागरणको अवध–१४ औँ देखि १६ औँ शताब्दिसम्म
पुनर्जागरणको सुरुवात–युरोपको इटालीबाट
इटालीको साहित्यमा पुनर्जागरण ल्याउने प्रमुख तीन साहित्यकारहरुः–दाँते, पेट्राक र बोक्कासीयो
पुनर्जागरण कालका प्रमुख कलाकारहरुः–लियो नर्दोदा भिन्ची, माइकल एन्जेलो, राफेल
लियोनार्दो दा भिन्चीका प्रख्यात कृतीहरुः–मोनालिसा, द लास्ट सफर र द भर्जिन
पुर्जागरण कालका प्रथम व्यक्तिः– दाँते
माइकल एन्जेलोले २० वर्ष लगाई तयार पारेको बहुचर्चित चित्रः–द लास्ट जजमेन्ट
ब्याक टु नेचर दर्शनका पर्वतकः– लाओत्से, चिन
चित्र मस्तिष्कबाट बनाइन्छ, हातबाट होइनः–माइकल एच्जेलो
डिभाइन कमेडीका लेखकः–दाँते, सन् १२६६ इटाली
युटोपीयाका लेखकः– टामस मोर
ओथेलो, मर्चेन्ट अफ भेनिस र हेलमेटका लेखकः–शेक्सपियर
द प्रीन्सका लेखकः– निकोलस मेकियावेली, राजनीतिलाई धर्मबाट अलग गर्न प्रेरित कृति
The social contract का लेखक–रुसो
Nature is far better than civilization–रुसो
Man is born free but everywhere he is in chainM –रुसो
शक्ति पृथकीकरणको सिद्धान्तका प्रतिपादकः– मन्टेक्यु
पुनर्जागरणका प्रमुख कारणहरुः–धर्मयुद्ध, मानवताको प्रचार र व्यापार विस्तार
पुनर्जागरण पश्चात् प्रगति भएका क्षेत्रहरुः–साहित्य,कला,राजनीति, विज्ञान तथा भौगोलिक खोज
पुनर्जागरणको फलस्वरूप भौगोलिक खोजीको क्रममा पत्ता लागेका देशहरू-अमेरिका, भारत, फिलिपिन्स र न्युजिल्याण्ड
गौरवमय क्रान्ति

गौरवमय क्रान्ति भएकोः–सन् १६८८ मा, बेलायतमा
बेलायती जनताले राजाका विरुद्ध गरेको क्रान्ति
बेलायतका राजाहरूको बंशः–स्टुअर्ट वंश
स्टुअर्ट वंश अघि बेलायतमा शासन गर्नेः–टुयुडर वंश
स्टुअर्ट वंशका राजाले शासन गर्ने सिद्धान्तः–दैवी सिद्धान्त
गौरवमय क्रान्तिको समयमा बेलायतका राजाः–जेम्स द्वितीय
गौरवमय क्रान्तिको अर्को नामः–रक्तहीन क्रान्ति
बेलायतमा राजतन्त्रात्मक वंश परिवर्तन गरी व्यवस्था कायम गर्ने क्रान्तिः–गौरवमय क्रान्ति
निरङ्कुशको सट्टा एक उदार र संवैधानिक राज नेतृत्वको स्थापन गर्ने क्रान्तिः–गौरवमय क्रान्ति
धर्म निरपेक्ष, रक्तहीन र उदार क्रान्तिः–गौरवमय क्रान्ति
गौरवमय क्रान्तिको परिणामस्वरूप जारी भएको दस्तावेजः– Bill of rights
क्रान्तिको समयमा राजा जेम्स द्वितीय भागेर गएको देशः–फ्रान्स
Agrarian Revolution का नामले चिनिने क्रान्तिः–गौरवमय क्रान्ति
गौरवमय क्रान्ति पश्चात् स्थापित शासनः–राजाकी छोरी मेरी र प्रोटेस्टेन्ट धर्मालम्बीहरुको संयुक्त शासन
राजा जेम्स द्वितीयले प्रोटेस्टेन्टहरुलाई तर्साउन होन्सलोहिथ भन्ने ठाउँमा राखेका सेनाको संख्याः– तीस हजार
राजाले क्याथोलिक धर्मको प्रचार प्रचारका लागि अक्सफोर्ड विश्वविद्यालयमा स्थापना गरेकोः–प्रार्थना कक्ष
गौरवमय क्रान्ति पश्चात् राज्यारोहण गर्नेः– राजाका छोरी ज्वाई विलियम
भविष्यमा संसारमा ५ जना राजाहरू मात्र बाँकी रहनेछन्, चार जना खेल्ने तासका पत्ताहरूमा र एक जना बेलायतमाः–इजिप्टका राजा फारुख
गौरवमय क्रान्तिका प्रमुख कारणहरू

राजाले क्याथोलीक धर्मबाहेकका अरू धर्महरूको उपेक्षा गर्नु
विशेष अदालतले क्याथोलिक सेनाको स्थापना, शैक्षिक क्षेत्र अथवा विश्वविद्यालयमा राजाको हस्तक्षेप
जेम्सको छोरा, स्थायी सेना बढाउन
आयरल्याण्डमा राजाको निरङ्कुश शासन
संसद्को निर्वाचनमा हस्तक्षेप रहनु
फ्रान्सको मित्रता आतङ्कको राज्य फैलाउनु
औधोगिक क्रान्ति

उद्योगमा भएको नयाँपन तथा परिवर्तनः–औधोगिक त्रान्ति
औद्योगिक क्रान्तिको सुरुवातः–बेलायतबाट
औद्योगिक क्रान्तिको अवधीः–१८ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको मध्य सम्म, सन् १७६० देखि सन् १८४० सम्म, ८० वर्ष चलेको
१८ औँ शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई औद्योगिक क्रान्तिको संज्ञा दिनः–इतिहासकार रायनबी
औद्योगिक क्रान्ति पूर्व बेलायतमा घरेलु उद्योगको बोलवाला रहेको
औद्योगिक क्रान्ति पश्चात् समाजमा उत्पत्ति भएको वर्गहरुः–पुँजीपति वर्ग र मजदुर वर्ग
औद्योगगिक क्रान्तिको सुरुवात भएको क्षेत्रः–कपडा उत्पादनबाट
जातको आधारमा श्रम गर्ने पुरानो परम्पराः–गिल्ड सिस्टम
बेलायतको औद्योगिक क्रान्तिको अर्को नामः–यान्त्रिक क्रान्ति
औद्योगिक क्रान्ति जस्तो लामो समयसम्म हुने परिवर्तनलाई क्रान्ति भन्नु हुँदैनः– Arnold Toynbee
औद्योगिक क्रान्ति पूर्व बेलायतमा हातको माध्यमबाट उत्पादन गरिन्थ्यो,
घरेलु उद्योगलाई प्रतिस्थापन गरी कलकारखानाको स्थापना भई यन्त्रको उत्पादन गरिने प्रणालीको सुरुवात यस क्रान्ति पश्चात् भयो
कृषि क्षेत्रको विकासको लागि ब्रिटिस सरकारले कृषि विभागको स्थापनः–सन् १७९३ मा
विभिन्न आविष्कारकहरू
पावरलुमका आविष्कारक- एडमण्ड कार्टराइट
बिजुली बत्तीका आविष्कारक – माइकल फराडे
बिजुली शक्तिका आविष्कारक – बेन्जामिन फ्राङ्कलिङ
टेलिफोनका आविष्कारक – अलेक्जेन्डर ग्राहमवेल
बाफबाट चल्ने मेसिन (स्टिम इन्जिन)का आविष्कारक-जेम्स वाट
काठको कपडा बुन्ने मेसिन Flying Shuttle का आविष्कारकःजोन के (सन् १७४३)
(धागो कात्ने मेसिन) Spinning Jenny का आविष्कारकःजेम्स हारग्रिब्स
सेफ्टी ल्याम्पका आविष्कारक- हेम्फ्री डेभी
आधुनिक फ्याक्ट्रीका पिता- रिचर्ड आर्कराइ
औद्योगिक क्रान्तिको कारण

बेलायतमा विभिन्न किसिमका आविष्कार हुनु
ब्रिटेनको भौगोलिक स्थिलिते साथ दिनु
बेलायतमा पर्याप्त पुँजी उपलब्ध रहनु,
ब्रिटेनको उपनिवेशिक नीति र बजारमा सुविधा
बेलायतमा बैङ्किङ प्रणालीको सुरुवात हुनु,
बेलयातमा शान्ति र उपयुक्त सरकारी नीति,
बेलायतमा कृषिमा सुधार हुनु
बेलायतमाथि फ्रान्सेली राज्य क्रान्तिको प्रभाव
औद्योगिक क्रान्तिको परिणाम

व्यापार व्यवसायमा वृद्धि
घरेलु उद्योगको समाप्ति
बेरोजगारीको सङ्ख्यामा वृद्धि
कलकारखाना स्थापना हुन थाले
समाजमा नयाँ वर्गको उदय हुनु
जनसङ्ख्या वृद्धि
समाजवादी भावनाको उदय
सहरहरूको विकास, मजदुर सङ्गठनको विकास आदि

 
 
  
 

You may also like